शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

होलीमा उपत्यकामा साढे ८ हजार सुरक्षाकर्मी परिचालन

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २२, २०७९



  • काठमाडौं । फागु पूर्णिमा सुरक्षार्थ उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले होलीको दिन थप २ हजारसहित साढे ८ हजार प्रहरी परिचालन गर्न लागेको जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले शान्तिपूर्ण रूपमा होली पर्व मनाउन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागेको जानकारी दिनुभयो ।

    उहाँले होलीमा दैनिकभन्दा बढी संवेदनशील र अति संवेदनशील क्षेत्रमा गरी ६२ स्थानमा थप सुरक्षा चेक प्वाइन्ट राखिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘होलीमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन पूर्ण सुरक्षाको व्यवस्था गरेका छौं ।’ उहाँका अनुसार मादक पदार्थ, लागु औषध सेवन, ओभर स्पिड, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन, दुईजना भन्दा बढी सवार भएको मोटर साइकललाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सबै मातहतका निकायलाई निर्देशन दिइएको छ ।

    प्रहरीले त्यसबाहेक क्युआरटी र विशेष चेकिङलाई निरन्तरता दिने जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडांै, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै सुरक्षा योजना तयार गरी काठमाडांै उपत्यका प्रहरी कार्यालयमा पठाएका छन् भने उपत्यका प्रहरी कार्यालयले सो योजना प्रहरी प्रधान कार्यालयमा पेस गरेको छ ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij