आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वको पहिलो कोरोना खोप बनाउने व्यक्तिको किन गरियो हत्या ? हत्याराले प्रहरीसामु खुलासा गरे

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २३, २०७९



  • काठमाडौं । कोभिड–१९ को रोकथामका लागि विश्वको पहिलो दर्ता भ्याक्सिन स्पुतनिक भी तयार गर्ने वैज्ञानिकमध्येका एक वैज्ञानिक एन्ड्रे बोटीकोभको बेल्टले घाँटी थिचेर हत्या गरिएको छ । यो घटना शनिबारको हो । अहिले यो घटनामा आरोपीलाई दोषी ठहर गरिएको छ ।

    प्रहरीका अनुसार विवादका क्रममा २९ वर्षीय युवकले बोटिकोभको घाँटी थिचेर फरार भएका थिए । हत्याको अनुसन्धान गरिरहेको रुसी अनुसन्धान प्राधिकरण समितिले एक विज्ञप्ति जारी गर्दै हत्याका दोषीसँग पहिलेदेखि नै गम्भीर अपराधको अभिलेख रहेको बताएको छ ।

    रुसी कोभिड-१९ को खोप स्पुतनिक भी बनाउन सहयोग गर्ने वैज्ञानिक मध्ये एक एन्ड्री बोटीकोभको शनिबार राजधानी मस्कोस्थित उनको अपार्टमेन्टमा बेल्टले घाँटी थिचेर हत्या गरिएको रुसी सञ्चारमाध्यमले जनाएको छ। हत्या भएको केही घण्टामै प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो । पछि उनी दोषी ठहर भए ।

    रुसी समाचार एजेन्सीका अनुसार संदिग्धले मस्कोको खोरोसेभो जिल्ला अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् । अदालतले दोषीलाई मे २ सम्म हिरासतमा राख्न आदेश दिएको छ । ४७ वर्षीय एन्ड्रे बोटीकोभ गमलेया नेशनल रिसर्च सेन्टर फर इकोलोजी एन्ड म्याथम्याटिक्समा वरिष्ठ अनुसन्धानकर्ताको रूपमा कार्यरत थिए।

    समाचार एजेन्सी टासका अनुसार रुसी कानून प्रवर्तन एजेन्सीले वैज्ञानिक एन्ड्रेको आपसी झगडाका क्रममा हत्या भएको बताएको छ । यो घरेलु अपराध हो । अनुसन्धान एजेन्सीका अनुसार, मार्च २ मा, मस्कोको एक अपार्टमेन्टमा विवादको क्रममा २९ वर्षीय एलेक्सी भ्लादिमिरोविच ज्मानोव्स्कीले बोटिकोभको बेल्टले घाँटी थिचेर हत्या गरेका थिए।

    आरोपीका नाममा यसअघि पनि गम्भीर अपराधका मुद्दा दर्ता भइसकेको छ । रूसी फौजदारी संहिताको धारा १०५ अन्तर्गत दोषीलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ। हाल उनलाई मे २ सम्म हिरासतमा पठाइएको छ ।

    भाइरोलोजिस्ट एन्ड्रे बोटिकोभलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२१ मा कोविड भ्याक्सिनमा गरेको कामको लागि अर्डर अफ द फादरल्याण्ड अवार्डबाट सम्मानित गरेका थिए। रिपोर्टका अनुसार, बोटीकोभ १८ वैज्ञानिकहरू मध्ये थिए जसले २०२० मा विश्वको पहिलो दर्ता गरिएको भेक्टर भ्याक्सिन स्पुतनिक भी तयार गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij