शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बेनीमा चार वर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २५, २०७९



  • म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा चार वर्ष यताकै धेरै परिमाणको लागूऔषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सदरमुकाम बेनीस्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल र नुर्फिन दुई सय एम्पुलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

    जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ बौर बस्ने वर्ष २८ की सोबिता बागदास र बेनी नगरपालिका–९ घतान घर भई बौर बस्ने वर्ष ३२ का प्रेम सार्कीलाई उक्त परिमाणको लागूऔषधसहित बुधवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

    कार्यालयका अनुसार, पछिल्लो पटक दुई जनाबाट बरामद भएको उक्त लागूऔषधको यो परिमाण २०७६ सालयताकै सबैभन्दा धेरै हो । लागूऔषधसहित पक्राउ परेका बाग्दास र सार्कीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रनाउ कुँवरले बताउनुभयो ।

    यस अघि फागुन ११ गते पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोकबाट रुपन्देही सोमरीमाई गाउँपालिका–३ घर भएका १९ वर्षका मुस्ताफा खानलाई तीन सय ९३ ट्याबलेट नाईट्राभेटसहित नियन्त्रणमा लिइएको थियो ।

    त्यसैगरी फागुन १६ गते बेनी नगरपालिका–८ कालीपुलबाटै भारतको बमनग्राम माल्दाहा घर भई पोखरा बसोबास गर्दै आएका २८ वर्षका अलेमुन हक ६.५ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका थिए ।

    जिल्लामा पछिल्लो समय विद्यार्थी र युवाहरु लागूऔषधको कुलतमा फस्ने समस्या बढ्दै गएपछि लागूऔषधका कारोवारीहरु बढेपछि प्रहरीले लागूऔषध नियन्त्रणका लागि खोजी अभियान र विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमलाई सँगसँगै अघि बढाएको छ ।

    लागुऔषधको कारोबारमा संलग्नलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यालयले पछिल्लो पटक जिल्ला अदालतको फैसला कार्यान्वयनमा गरेका उपलब्धिहरु समेत सार्वजनिक गरिएको छ ।

    कार्यालयले कर्तव्य ज्यान, लागुऔषध, सवारी ज्यान, बैङ्किक कसुर लगायतका विभिन्न मुद्धामा फरार रहेका २२ जना कसुरदारलाई पक्राउ गरी उनीहरुमाथि लागेको २५ वर्ष १ महिना २३ दिन कैद र १७ लाख ६६ हजार ३७५ रुपैयाँ जरिवाना समेत असुल उपर गराइएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij