शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

स्वच्छ र गुणस्तरीय कफीका लागि निर्देशिका अन्तिम चरणमा

  • प्रकाशित मिति : बुधबार, चैत्र १, २०७९



  • बिनिता शर्मा,काठमाडौँ । ग्रिन कफी बिन र तयारी कफीको उत्पादन, प्रशोधन र प्याकेजिङ गर्दा असल अभ्यासको आवश्यक मापदण्ड पुरा गरी विक्री वितरण तथा निर्यात गर्न, स्वच्छता र गुणस्तर कायम गर्न तथा निर्यात प्रवर्द्धन गर्न नेपाल सरकारले असल उत्पादन अभ्यास ( जिएमपी ) सम्बन्धी निर्देशिकालाई अन्तिम रूप दिंदैछ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका लागि युरोपियन युनियनको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)को प्राविधिक सहयोगमा ‘स्वच्छ र गुणस्तारीय कफीको प्रशोधन र प्याकेजिङ्ग सम्बन्धी निर्देशिका, २०७९’को मस्यौदा तयार हुँदैछ ।

    उक्त निर्देशिकाको लागि प्राविधिक पक्षको समीक्षा गर्ने तथा आवश्यक सल्लाह प्रदान गर्ने जिम्मेवारीका साथ गठन भएको प्राविधिक समितिले उक्त मस्यौदा निर्माणको लागि हाल सम्म भएका काम तथा अन्य कानुनसँग यसको सामन्जस्यता बारे बुधबार छलफल गरेको थियो ।

    सन् २०२२ मार्चबाट सुरू भएको मस्यौदा निर्माणको प्रक्रियाका क्रममा कार्यदल निर्माण भइ उक्त कार्यदलले गत नोभेम्बर र जनवरीमा स्याङजा, कास्की तथा काभ्रेपलाञ्चोकका विभिन्न कफी फार्म तथा प्रशोधन केन्द्रहरूमा पुगेर अवलोकन तथा सरोकारवालाहरूसँग छलफल गरेको थियो ।

    उक्त निर्देशिकाले कफी प्रशोधनमा अपनाईने असल उत्पादन अभ्यासको सामान्य सिद्धान्त, कफीको गुणस्तर कायम गर्ने सम्बन्धी व्यवस्था , कफी प्रशोधनमा आधारभूत प्रावधानहरू,कफी प्रशोधन तथा प्याकेजिङ्ग स्थल, तिनीहरूको बनावट र सुविधाहरू, ट्रेसिबिलिटी र अभिलेख सम्बन्धी व्यवस्था एवं प्रशोधन, प्याकेजिङ्ग, भण्डारण तथा ढुवानी सम्बन्धी व्यवस्थाका साथै असल उत्पादन अभ्यास प्रमाणीकरण बारेका असल अभ्यासहरूलाई समेटेको छ ।उक्त निर्देशिकाको लागू भए पछिगुणस्तरको सुनिश्चितताका कारण नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij