प्रकाशित मिति : बिहिबार, चैत्र २, २०७९
बिनिता शर्मा,काठमाडौँ ।अवैध लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९३ मिलिग्राम र नगद १८ हजार रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डिगढी नगरपालिका-२ बस्ने २९ वर्षीय उमेश खत्री र सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय बसन्त तोलाङ्गी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ८७१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij