आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालाजु घटना : सोह्रखुट्टेका डिएसपी बमलाई ‘सचेत’ गराउने निर्णय, डिएसपी विष्टको कारवाही प्रक्रियामा

  • प्रकाशित मिति : बिहिबार, चैत्र २, २०७९



  • काठमाडौँ । प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई ‘सचेत’ गराउने निर्णय गरिएको छ । बालाजुको माछा पोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडपमा डिएसपी बमले कमजोरी गरेको छानबिन समितिको ठहर छ । डिआइजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिको सिफारिस अनुसार उपत्यका प्रहरी कार्यालयले उनलाई कारबाही गरेको हो ।

    फागुन १ मा भएको प्रदर्शनमा माछा पोखरीमा जम्मा भएका प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाएका थिए । माछापोखरी क्षेत्रमा खटिएका दुईजना डिएसपीको कमजोरीका कारण प्रहरीको गाडी जलेको छानबिन समितिको निष्कर्ष छ । समितिले प्रहरी वृत्त बालाजुमा कार्यरत डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेश बहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

    डिएसपी रविन विष्टलाई कारबाही भैसकेको छैन । उपत्यका प्रहरी कार्यालयले विष्टलाई स्पष्टीकरण सोधेको छ । विष्टमाथिको कारबाही प्रक्रियामा रहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले जानकारी दिए । प्रदर्शनमा आन्दोलनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए ।

    घटनापछि उपत्यका प्रहरी कार्यालयले डिएसपी विष्टलाई बालाजुबाट हटाएर रानीपोखरीमा हाजिर गराएको थियो । घटना भएको दिन सोह्रखुट्टेका डिएसपी बम थप मद्दतको रूपमा बालाजुमा खटिएका थिए । डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको छानबिन समितिको ठहर छ । प्रदर्शन उग्र बनेपछि डिएसपी बम पनि घटनास्थलबाट हिँडेको छानबिन समितिको निष्कर्ष छ ।

    प्रदर्शनको समयमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij