आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिन्धुलीमा गाँजा कारोबारी र प्रहरीबीच झडप, एक राउण्ड हवाई फायर

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ३, २०७९



  • सिन्धुली । सिन्धुलीमा गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पक्राउ पर्नेमा हिरहरपुरगढी ८ का ३३ वर्षीय देवकुमार स्याङ्तान र हरिवन नगरपालिका २ सर्लाहीका २३ वर्षीय प्रल्हादकुमार थोकर छन् ।

    जिल्लाको हरिहरपुरगढी गाउँपालिका ७ भुताहास्थित क्यानखोलाबाट ७६ किलो गाँजा, मोटसाइकलसहित उनीहरु पक्राउ परेका हुन् ।

    मोटरसाइकलमा बोरामा प्याक गरेर निकासी गर्न लागेको गाँजा नियन्त्रणमा लिनेक्रममा तस्करले प्रहरीलाई ढुंगामुडा गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो ।

    विशेष सूचनाको आधारमा गाँजा कारोबारीलाई पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij