शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आजदेखि डिडिसी दूधमा नयाँ मूल्य लागू, लिटरमै १६ रुपैयाँसम्म बढ्यो

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ३, २०७९



  • आजदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडससी) ले दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि नयाँ मूल्य छापिएको प्याकेट दूध बजारमा पठाएको हो।

    डीडीसीका महाप्रबन्धक सञ्जीव झाले आजदेखि बजारमा नयाँ मूल्य अंकित प्याकेट दूध बजारमा पठाइएको जानकारी दिए। महाप्रबन्धक झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिए ।

    दूधको मूल्य १६ रूपैयाँसम्म बढेको छ।

    संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेको छ। प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको छ।

    त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ। गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढेको छ भने हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ।

    चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रूपैयाँ पुगेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij