आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रौतहटमा पालिकाको खर्च विवरणकाे माग गर्दै एक युवक अनसनमा

  • प्रकाशित मिति : बिहिबार, चैत्र ९, २०७९



  • रौतहट । रौतहटमा गरुडा नगरपालिकाकाे खर्च विवरणकाे माग गर्दै एक युवक ५ दिनदेखि आमरण अनसनमा बसेका छन् ।

    युवकले माग गरेको विवरण उपलब्ध गराउन सम्बन्धित निकायले बेवास्ता गरेको हाे। गत स्थानीय तहको निर्वाचनमा मेयरका प्रत्यासी उम्मेदवारा गरुडा नगरपालिका निवासी दिपक यादवले १२ बुँदे सूचनाको माग राख्दै गत आइतबारदेखि आमरण अनसनमा बसेका हुन् । उनको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

    नगरपालिकाले गत वैशाखदेखि गरेको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धि, बिजुली बत्ती र इन्टरनेट जडानमा भएको खर्चको विवरण, हालको अवस्था, स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण, उपलब्धिहरु, करारका कर्मचारीहरुको नियुक्तिपत्र, हाजिरी रजिष्टरको प्रतिलिपि, तलब, पेश्कीको विवरण, पदपूर्ति समितिको निर्णय, छनाेट प्रक्रिया सम्बन्धि विवरणको यादवले सूचना माग गरेको र नगरपालिकाले नदिएपछि अनसन बसेका हुन् ।

    उनले माग गरेको सूचनामा विकास कार्यका सम्पूर्ण योजनाको विवरण र भुक्तानीका कागजात, दर्ता चलानी किताबमा दर्ता भएको पत्रहरुको प्रतिलिपि, हालसम्म्म भएको खर्च रकमको शीर्षकसहितको मास्केवारी विवरण, नगर सभाहरुको निर्णयको प्रतिलिपि, कोरोना पीडितहरुलाई दिएको रकमको विवरण र नगरपालिकाको नाममा रहेका सम्पूर्ण बैंक खाताहरुको विवरण दिनुपर्ने रहेको छ । उनले गरुडा चिनी मिलको मैदानमा मेयरको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिनुपर्ने माग समेत अघि सारेका छन् ।

    ५ दिनदेखि अन्नपानी नखाई अनसनमा बसेका यादवको स्वास्थ्य अवस्था खराब बन्दै गइरहेको छ । गरुडा अस्पतालका चिकित्सकले यादवकाे अनसनस्थलमै सलाइन पानी चढाएर उपचार हुँदै आएको छ । अनसनमा बसेका यादवले जन सरोकारको मुद्दालाई लिएर धर्नामा बसेको बताएका छन् । आफूले माग गरेको सूचनाको हक तत्कालै उपलब्ध भए मात्र अनसन तोड्ने उनले बताएका छन् ।

    उता मेयर कन्थमणि प्रसाद जैयसवालले भनेअनसनरत यादवले सूचना माग गरेको विवरण कानूनले तोकेको समय सीमाभित्रै उपलब्ध गराउने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij