शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कलाकार बीएस राणाकी पत्नी र छोरीको उपचारका लागि एक लाख सहयोग

  • प्रकाशित मिति : बिहिबार, चैत्र ९, २०७९



  • काठमाडौं । दिवंगत अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचारार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले उनीहरुले आश्रय लिएको ललितपुर सातदोबाटोस्थित सामाजिक संस्था स्नेही काखमा पुगेर सहयोग उपलब्ध गराएको हो ।

    बोर्ड अध्यक्ष भुवन केसी र कोष संयोजक वसुन्धरा भुसालले सहयोग हस्तान्तरण गरे ।सहयोग हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषलाई थप रकम जरुरी रहेको बताउँदै पर्याप्त रकम नहुँदा सहयोग गर्न कठिन भएको बताए । त्यस अवसरमा कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री दीपाश्री निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान लगायत पनि उपस्थित थिए ।

    गत फागुन १५ गते अभिनेता राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्नेही काखले स्याहार गर्ने जिम्मा लिएको थियो । २०४१ सालमा बनेको फिल्म ‘अन्याय’बाट अभिनय थालेका रणाले सयभन्दा बढी फिल्ममा काम गरेका छन् । उनको २०७५ साल माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

    राणाको निधनपछि श्रीमती हनी र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । जेठी छोरी नन्दनी पनि बिरामी परेकी थिइन् । राणाका छोराको भने १३ वर्षको उमेरमा नै निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij