आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरीमा चार एआईजीको पद रिक्त, ११ डीआईजी प्रतिस्पर्धामा

  • प्रकाशित मिति : आइतवार, चैत्र १२, २०७९



  • काठमाडौं। नयाँ आईजीपी नियुक्त भएसँगै नेपाल प्रहरीमा रिक्त रहेका विशिष्ट पदहरुमा बढुवा गर्नुपर्ने दायित्व र चुनौति थपिएको छ।

    नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएको छ। तीन जनाको अवकाश र एक जना आईजीपी बनेपछि एआईजीको चार दरबन्दी रिक्त भएको हो।

    जसमा दाबी गर्नेको संख्या धेरै भएकाले यसपटक बढुवा गर्नुपर्ने बेलामा आईजीपी बसन्त कुँवरलाई शुरुमै असजिलो हुने अवस्था छ। ‘पद थोरै आकांक्षी धेरै हुने भएकाले राजनीतिक दबाब र आन्तरिक दबाब दुवै झेल्नुपर्ने अवस्था’, प्रहरी प्रधानकार्यालयका एक उच्च अधिकारीले भने।

    नेपाल प्रहरीमा जनपदतर्फ ८ जना एआईजीको दरबन्दी छ। तत्कालिन आईजीपी धिरजप्रताप सिंह सेवा अवधीका कारण प्रहरी संगठनबाट बाहिरएसँगै सरकारले बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएका एआईजी बसन्त कुँवरलाई आईजीपी नियुक्त गरेपछि उनको एआईजी पद स्वतः रिक्त भयो।

    अन्य तीन एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी भने ३० वर्षे सेवाअवधिका कारण शनिबारदेखि अनिवार्य अवकाशमा गएका हुन्। उनीहरुसँगै तीन डीआईजी मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, एसएसपी जनक पाण्डे र उमाशंकर पञ्जियारले पनि अवकाश पाएका छन्।

    उनीहरु सबै आईजीपी धिरजप्रताप सिंहकै ब्याची हुन्। रिक्त ४ एआईजीका लागि ११ डीआईजी प्रतिस्पर्धामा छन्। उनीहरु हालै एआईजीमा बढुवा भएका ५ जनाकै ब्याची हुन्। वसन्त कुँवर र दीपक थापासँगै भर्ना भएका डीआईजीहरु एआईजीका प्रतिस्पर्धी हुन्।

    सँगै डीआईजीमा १७ जना बढुवा भए पनि सरकारले ५ जना एआईजीमा शीर्ष वरीयतामा रहेकालाई बढुवा गरेको छ। तेस्रो नम्बरका डीआईजी अशोक सिंहले उमेर विवादका कारण राजीनामा दिइसकेका छन्। डीआईजीमा सातौँ नम्बरमा बढुवा भएका सन्दीप भण्डारीदेखि १७ औँ नम्बरकी किरण राणासम्म एआईजीका दाबेदार छन्।

    भण्डारीसँगै सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजीको प्रतिस्पर्धामा छन्।

    उनीहरुमध्ये, भण्डारी, चौधरी, तामाङ, पोखरेल जोशी, गिरीबीच एआईजीका लागि मूख्य प्रतिस्पर्धा हुने संभावना छ। ‘एआइजीका लागि निकै ठूलो रस्साकस्सी हुँदैछ, अहिले एआइजी नहुनेहरु डिआइजीमै विदा हुनुपर्ने भएकाले पनि यस्तो अवस्था आउन लागेको हो’, प्रहरी प्रधानकार्यालयका ती अधिकारीको दाबी छ।

    उता गृहसचिव विनोद सिंहले प्रहरीभित्र हुने अस्वस्थ प्रतिस्पर्धालाई हटाउन नवनियुक्त आईजीपी कुँवरलाई निर्देशन दिएका छन्। आईजीपी कुँवरलाई आइतबार मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाइदिंदै सो निर्देशन दिएका हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij