प्रकाशित मिति : बिहिबार, चैत्र १६, २०७९
काठमाडौं । स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेस पार्टीबाट अलग भएको घोषणा गर्नुभएकाे छ ।
वाग्लेले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे हाे।
आफ्नो ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टी छोडेको वाग्लेले फेसबुकमा लामाे स्टाटस लेख्नु भएकाे छ।
‘२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ उनले लेखेका छन्, ‘पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें । विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij