आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने, ३ बजे शपथ

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १७, २०७९



  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार आफनो सरकारको विस्तार गर्ने भएका छन्।

    बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार भोलि प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो।

    आजै सरकार विस्तार गर्नेगरी छलफल गरिएपनि सहमति जुट्न ढिलाइ भएपछि शुक्रबारसम्मका लागि समय सरेको हो।अझैपनि सबै पार्टीले पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन।

    बिहान एक चरण छलफल गरेर शुक्रबार दिउँसो ३ बजे मन्त्रीहरुलाई शपथ गराउने गठबन्धनको तयारी रहेको एक नेताले बताए।

    बालुवाटारमा बुधबार बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २२ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन्।

    जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ।

    त्यसैअनुरुप कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो।

    कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

    यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानुन, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

    त्यस्तै, नेकपा माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ। गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहनेछन्।

    यसैगरी, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन्। उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ।

    यस्तै, जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्दै छन्। जसपाबाट अशोक राईको नाम पक्का छ भने अर्का एक मन्त्रीमा राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना हुनेछन्। जसपाले शिक्षा र वन मन्त्रालय पाउने भएको छ।

    लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी सर्वेन्द्रनाथ शुक्लको नाम मन्त्री बन्नेमा चर्चामा छ। नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफै मन्त्री बन्दै छिन्।

    यस्तै, जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खान हाल सरकारमा खानेपानीमन्त्री छन्। उनको जिम्मेवारी हेरफेर हुनसक्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij