शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कोहलपुरस्थित बधशाला बन्द

  • प्रकाशित मिति : शनिबार, चैत्र १८, २०७९



  • कोहलपुर नगरपालिका ४ बेलनपुरस्थित बधशाला तत्कालका लागि बन्द गरिएको छ । मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि बधशालामा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा स्थानीय नसिव इद्रिसीले अनुमति नलिएरै राँगा भैसी काट्ने गरेको र अर्का एक जनाले अनुमति लिए पनि मापदण्दको पालना नगरेको पाइएपछि बधशाला तत्कालका लागि बन्द गरिएको थापाले बताए ।

    कोहलपुर नगरपालिका ४ का वडा अध्यक्ष मुबारक अलि गुल्जार, नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख बीरबहादुर विक, पशु शाखा प्रमुख गोविन्द रोकाय, इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक महेश आचार्य, कुखुरा विकास फर्म खजुराका प्रमुख डा। शंकर न्यौपाने लगायतको टोलीले बधशालाको अनुगमन गरेको हो । स्थानीयबासीले पनि ती बधशालाबारे स्थानीय सरकारलाई गुनासो गर्दै आएका थिए ।

    रांगाभैंसी काट्ने ठाउँको उचित सरसफाई नगरेको, त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन नगरेको, कतिपय फोहोर नालामा मिसाउने गरेको लगायतको गुनासो स्थानीयको छ । पशु स्वास्थ्य तथा पशु ऐन २०५५, वातावरण संरक्षण ऐन ०७६, पशु बधशाला र मासु जाँच ऐन २०५५ को मापदण्डमा रहेर मात्रै पशु बधशाला संचालन गर्न दिने निर्णय भएको अनुगमन समितिका सदस्य डा। न्यौपानेले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij