शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रास्वपाले दियो उपनिर्वाचनका लागि ३ जनालाई टिकट

  • प्रकाशित मिति : शनिबार, चैत्र १८, २०७९



  • काठमाडौँ । आसन्न प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले ३ जनालाई सार्वजनिक रुपमा टिकट वितरण गरेको छ । पार्टी कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर चितवनमा २ का लागि रवि लामिछाने, बारा २ का लागि रमेश खरेल र तनहुँ १ का लागि स्वर्णिम वाग्लेलाई पार्टीको तर्फबाट उम्मेदवारको टिकट दिइएको हो । सो अवसरमा बोल्दै पार्टी सभापति रवि लामिछानेले रमेश खरेल र स्वर्णिम वाग्लेजस्ता व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमा अटाउनु गौरवको कुरा भएको बताए ।

    उनले भने– ‘यो देशमा अरु पनि कैयौँ रमेश खरेल र स्वर्णिम वाग्लेहरु छन् जसले यो देशमा बसेर सेवा गर्न पाएका छैनन् । उहाँहरुले आफ्नो अभिव्यक्तिमा भन्नुभएको छ, स्वंयसेवको रुपमा भएपनि कुनै पैसा नलिई काम गर्छु भन्दा पनि बञ्चित गराएको तितो अनुभव उहाँहरुले सुनाउनुभएको छ । यस्ता विज्ञ, अनुभवी र क्षमता प्रमाणित भइसकेका व्यक्तिहरुले चित्त दुखाउनु, मनमनै आँशु झार्नु भनेको यो माटोको लागि शुभसंकेत हैन । यसकारण ती आँशुहरु भुँइमा नझरुन भन्नका लागि हामीले यो पार्टी बनाएका हौँ । उहाँहरु जस्ता धर्तीपूत्रलाई यस पार्टीमा स्वागत गर्न पाउँदा गौरवान्वित भएका छौँ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij