मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तिलगंगा आँखा उपचार केन्द्र र राप्ती गाउँपालिकाको सहकार्यमा २४९ जनाको नि:शुल्क शल्यक्रिया,गाउँपालिकामा तिलगंगा आँखा उपचार केन्द्रको सेवा सुरु

  • प्रकाशित मिति : बुधबार, चैत्र २२, २०७९



  • बिनिता शर्मा,काठमाडौं। काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा दाङको राप्ती गाउँपालिकामा स्थापना गरिएको आँखा उपचार केन्द्र सन्चालनमा आएको छ । राप्ती गाउँपालिकाको सिसहनियाँमा स्थापना गरिएको ‘तिलगंगा सर्जिकल आँखा केन्द्र’ले मोतीबिन्दुको निःशुल्क सल्यक्रिया गरेर सेवा सुरु गरेको हो ।

    दाङको राप्ती गाउँपालिकामा तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा आँखा उपचार केन्द्र स्थापना गर्ने सम्झौता गत कात्तिक १६ गते भएको थियो । सम्झौता पत्रमा तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक एवम् वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रिता गुरुङ र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हस्ताक्षर गरेका थिए । सोही सम्झौता अनुसार राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकी रहेको स्थानमा आँखा उपचार केन्द्र सन्चालनमा ल्याइएको हो ।

    ‘आँखाका बिरामीहरुको अपरेसनबाटै हामीले सेवा सुरु गरेका छौं,’ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नेब बहादुर ओलीले भने, ‘त्यसअघि राप्ती गाउँपालिकाका नौ वटै वडा र छिमेकी गढवा गाउँपालिकामा पनि शिविर सन्चालन गरेर स्क्रिनिङ गरेका थियौं ।’

    आँखा शिविरबाट २ हजार २८० जनाले सेवा लिएकामध्ये २०,२१ र २२ गते तीन दिन संचालन भएको शिबिरमा २४६ जना मोती बिन्दुको अप्रेसन गरिएको छ भने २ ओटा मासु पलाएको अप्रेसन भएको छ भने एकजनाको सामान्य सल्यकृया गरिएको तिलगंगा आँखा प्रतिष्ठानका डाक्टर होम बहादुर गुरुङ्ले जानकारी दिनु भएको छ ।

    आँखा उपचार केन्द्रबाट राप्ती गाउँपालिकाका साथै छिमेकी गढवा गाउँपालिका र लमही नगरपालिकाका बासिन्दाले समेत सेवा लिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओलीले भने,

    अस्पतालका लागि गाउँपालिकाले भवन र जग्गा उपलब्ध गराएको छ भने तिलगंगा आँखा प्रतिष्ठानले उपचारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराएको छ । एक वर्षसम्म प्रतिष्ठानले आफ्नै जनशक्तिबाट सेवा दिनेछ र उनीहरुलाई तलबसमेत खुवाउने छ । एक वर्षपछि भने आँखा उपचार केन्द्रमा प्रयोग भएको उपकरण पालिकालाई नै हस्तान्तरण गर्ने छ । साथै त्यहाँको जनशक्ति व्यवस्थापन, उनीहरुको पारिश्रमिक लगायत सबै जिम्मा पालिकाको हुने सम्झौता पत्रमा उल्लेख छ । सम्झौतामा लेखिएअनुसार आँखा सम्बन्धी प्रवर्द्धनात्मक, प्रतिरोधात्मक र अनुसन्धानमुलक कार्यक्रम पनि सन्चालन हुने छ ।

    तिलगंगा आँखा प्रतिष्ठानले स्थानीय पालिकाहरुसँगको सहकार्यमा विभिन्न पालिकामा आँखा उपचार केन्द्र स्थापना गर्दै आएको छ । यस्ता उपचार केन्द्र देशका विभिन्न ३२ स्थानमा खोलिसकिएको तिलगंगा आँखा प्रतिष्ठानकाडाक्टर होम बहादुर गुरुङ्ले जानकारी दिनु भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij