शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, चैत्र २२, २०७९



  • बिनिता शर्मा,काठमाडौँ । काठमाडौं र सर्लाही जिल्लाको छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कडेलसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    यसैगरी काठमाडौं महानगरपालिका-१६ बोहोराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय राजन बोहरा समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५ सय रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    यसैगरी सर्लाही लालबन्दी नगरपालिका-१७ रानिगंज डाँडा टोल नजिक रहेको आँपको बगैचामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ६० वर्षीय बेचु बम्जन समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ४० रूपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij