आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपयोगविहीन भीर/पहाड काटेर ढुङ्गा बेच्नुपर्छ : मुख्यमन्त्री गिरी

  • प्रकाशित मिति : आइतवार, चैत्र २६, २०७९



  • रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सही सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको सङ्कटलाई सही बाटोमा हिँडाउन सकिने बताएका छन् ।

    नेपालमा आर्थिक सङ्कट कम गर्ने उपायका रूपमा ढुङ्गा तथा गिट्टी बालुवा बेच्न र बनमा रहेको काठको सही सदुपयोग गर्नुपर्ने उनले प्रस्ताव राखेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२औँ साधारण सभाको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले हामीले हामीसँग जे छ त्यो बेच्नुपर्दछ भन्दै उपयोगविहीन भएर बसेका भीर र पहाड काटेर ढुङ्गा बेच्न सकेमा व्यापार घाटा कम हुने तथा यातायात व्यवसायीले पनि ढुवानीको काम पाउने बताए ।

    राज्यले गर्ने काम विभिन्न सेवा क्षेत्रको काम निजी क्षेत्रका व्यवसायीहरूले गरे पनि राज्यले त्यसलाई कदर गर्न नसकेको स्वीकार गर्दै उनले अब निजी क्षेत्रको साथमा सरकार अगाडि बढ्ने बताए ।

    मुख्यमन्त्री गिरीले यातायात क्षेत्रका समस्यालाई सम्बोधन गर्न आफू र प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउँदै नीतिगत सुधारका लागि आवश्यक बुँदाहरू लिएर एउटै टेबलमा बसेर छलफलका लागि आव्हान गरे । कार्यक्रममा यातायात क्षेत्रका अगुवाहरूले आफूहरूले समय अनुकूलको भाडा पाउन नसकेको गुनासो गर्दै भारतीय ट्रकहरूले निर्बाध रूपमा ओभरलोड बोकेर गुड्दा नेपाली ट्रक व्यवसायीहरू धराशायी हुनुका साथै सडक भत्केर राष्ट्रको लगानी डुबेको बताएका थिए ।

    कार्यक्रममा अध्यक्ष यमप्रसाद पाण्डेले विशुद्ध नेपाली निजी क्षेत्रबाट सञ्चालित सार्वजनिक यातायात क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको भए पनि राज्यको स्पष्ट कानुन नहुँदा यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij