प्रकाशित मिति : आइतवार, चैत्र २६, २०७९
सागर ओली। रौतहटमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् ।

माधवनारायण नगरपालिका–४ मानपुरको बिसुनपुर्वा गाउँमा आइतबार भएको भीषण आगलागीमा २१ घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख sp बिर बहादुर बुढाले जानकरी दिनुभयो ।
वहाका अुनसार आगलागी झण्डै २ घण्टापछि नियन्त्रणमा आएको सुरक्षाकर्मी र स्थानीयहरू मिलेर वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको, आगलागीमा मानवीय क्षति नभए पनि पशु र खाद्यान्न लगायत लत्ताकपडा, नगद र गरगहना जलेर क्षति भएकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख sp बुढाले जानकरी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij