आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ : महामन्त्री थापा

  • प्रकाशित मिति : बिहिबार, चैत्र ३०, २०७९



  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताएका छन् ।

    सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेस रुपान्तरणको एजेण्डा ः के र कसरी ?’ कार्यक्रममा उनले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका हुन् । “पार्टीलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन आत्मसमीक्षा, शुद्धिकरण, आत्मपरीक्षण र आत्मसम्मान जरुरी छ”, उनले भने ।

    महामन्त्री थापाले पार्टीका भ्रातृ संस्था र विभागले चाँडै पूर्णता पाउने बताए । भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीबीच कस्तो सम्बन्ध रहन्छ भन्नेबारे नीति अधिवेशनमा छलफल गर्नुपर्ने उनको भनाइ थियो । उनले कांग्रेसको अबको विचार, अबको बाटो, सङ्गठन सञ्चालनको अवस्थालगायतका बारेमा नीति अधिवेशनमा छलफल हुने बताए । पार्टीभित्र महाधिवेशनको समयमा नभइ अरु बेलामा क्रियाशील सदस्यता खुलाउने गरी तयारी भइरहेको उनको भनाइ थियो ।

    महामन्त्री थापाले आठ लाख क्रियाशिल सदस्य भएको कांग्रेसभित्र सबै व्यक्तिलाई पद नहुँदा आक्रोश र कुण्ठा रहेको उल्लेख गर्दै उक्त आक्रोश र कुण्ठालाई सही ढङ्गले व्यवस्थापन हुनुपर्ने बताए । उनले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार र राजनीतिक दल गम्भीर बन्नुपर्ने बेला आएको उल्लेख गरे ।

    उनले नयाँ स्थापना भएका पार्टीभित्र नयाँ युवा आउनु र पुरानो पार्टीभित्र पुराना नेता हुनु स्वभाविक भएको जनाउँदै नयाँ र पुराना पुस्तालाई मिलाएर कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राखे । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष मधु आचार्यले विधान प्रणाली, सदस्यता प्रणाली, प्रतिनिधित्व प्रणाली र उम्मेदवार निर्धारण प्रणाली सही ढङ्गले अगाडि बढ्न सके कांग्रेस रुपान्तरणमा सहयोग पुग्ने बताए ।

    उहाँले कांग्रेससँग जनताले ठूलो अपेक्षा राखेको जनाउँदै उक्त अपेक्षालाई पूरा गर्न नेतृत्व लाग्नुपर्ने बताए । कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र देखिएको गुट, उपगुटको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष आचार्यले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनका लागि नीति अधिवेशन, महासमिति बैठक तत्काल बोलाउन जरुरी रहेको उल्लेख गरे ।

    सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका उपाध्यक्ष डा विष्णुशङ्कर पौडेलले कांग्रेसले युवा महामन्त्रीसँग पार्टी रुपान्तरणको आश राखेको बताए । उनले युवाले नयाँ एजेण्डा खोजेकाले त्यसलाई पूरा गर्न वर्तमान नेतृत्व लाग्नुपर्ने बताए । सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेश सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष एवं सदस्यको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij