आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कुशासन र बेथितिको यो हद: ५० अर्ब भन्दा बढी अनियमित खर्च

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०८०



  • काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औंवार्षिक प्रतिवेदनसँगै मुलुक कुशासनको चक्र माफस्दै गइरहेको देखिएको छ । राज्यका विभिन्न निकाय तथा तीनवटै सरकारका निकायले अनियमित र बेनियम किसिमले खर्चगर्दा बेरुजु बढेको महालेखा परीक्षक कार्यालयको ठहर छ । कार्यालयका अधिकारीहरूका अनुसार सरकारी निकायले ५० अर्बभन्दा बढी अनियमित किसिमले खर्च गरेकाले त्यस्तो कार्य भ्रष्टाचार नै हुने बताइएको छ ।

    महालेखाका अनुसार बेरुजुका विभिन्न प्रकृतिमध्ये असुलउपर गर्ने बेरुजुमामात्रै ३०अर्ब ४२ करोड खर्च भएको छ । यो ठूलो भ्रष्टाचार नै रहेको विज्ञहरूले औंल्याएका छन् । यसैगरी अनियमित किसिमले खर्च गर्दा निस्किएको बेरुजु रकम १९ अर्ब ८७ करोड रहेको महालेखाले जनाएको छ । सो रकम पनि अर्को किसिमको भ्रष्टाचार नै रहेको महालेखाको निष्कर्ष छ । महालेखाले त्यसरी भ्रष्टाचार भएको रकम असुलउपर गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ ।

    महालेखाले गतवर्ष सरकारी निकायबाट भएका अन्य विकृतिजन्य खर्चलाई समेत औंल्याएको छ । जसअनुसार असारे विकासका नाममा असार महिनाको अन्तिम एक सातामामात्रै ९८ अर्ब ९९ करोड ७१ लाख ८१ ह्जार खर्च भएको थियो । यो खर्च बालुवामापानी सरह भएकाले त्यसको खोजतलास हुनुपर्ने महालेखाका अधिकारीको भनाइ छ । यसै गरीआर्थिक वर्ष २०७८र७९ मा रकमान्तर मात्रै १ खर्ब ९६ अर्ब ४१ करोड गरिएको थियो ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij