प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०८०
टिकापुर:कैलालीमा बुधबार १५ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको जिल्ला कैलाली टिकापुर नगरपालिका –१ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१हजार ६९५ रुपैँया सहित ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा टिकापुर न.पा –१४ बस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ बस्ने वर्ष ५६ का उदय राब ढुङगाना–५ दौलतपुरका वर्ष ५३ का सुर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का बिक्रम बहादुर खड्का र सोहि वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन।
त्यस्तै सोहि ठाउँकै वडा–१ का वर्ष ६८ का दिल प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलमा जुवाको खालबाट १ लाख १४हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छकैलाली टिकापुर न.पा –१ बस्ने वर्ष ६८ को दिल प्रसाद शेरचन,वर्ष ६६ का टंक बहादुर रावल,वर्ष ४९ को देब बहादुर रावल,वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका हमाल,४८ वर्षका नरेश रावल,५३ वर्षका हस्त बहादुर शाही,५० वर्षका दल बहादुर साँउद, ५८वर्षका हिरालाल कोईराला र ६३ वर्षका लोक बहादुर साँउद रहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij