आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १, २०८०



  • काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको नयाँ गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ ।

    गीत रिलिज भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको हो । बिहीबार युट्युब च्यानल मार्फत सार्वजनिक १५ मिनेट लामो गीतले समाचार तयार गर्दासम्म ६ लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । गीतले ५८ हजार बढी लाइक पनि पाएको छ ।

    गायक सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्फत रिलिज गरेका थिए । बिहीबार भने उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका गायक सपुत बोल माया, गलबन्दी, पीर र कुरा बुझ्नुपर्छ लगायतका सिर्जना यसका ज्वलन्त उदाहरण हुन् ।

    गायम सपुतको यो गीतमा फुलमाया नामको पात्रको सकम्बरी हुदाँसम्मको यात्रालाई प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा गायक सपुत र वार्ता गन्धर्वको स्वर रहेको छ भने शब्द संगीत पनि गायक सपुत कै रहेको छ ।

    गीतमा गायक सपुतसँगै सुनिल थापा र कुसुम शर्मा लगायतको अभिनय रहेको छ । गीतले समसामयिक विषयलाई उठाएको छ । गायक सपुतले यसै गीतबाट ‘सकम्बरी’ २ आउने पनि जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij