प्रकाशित मिति : शनिबार, बैशाख २, २०८०
दाङ । दाङमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन यात्रु घाइते भएका छन्।
शनिबार दिउँसो पौने १ बजे घोराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस घुम्तीमा ठोक्किएको थियो।
बस मसोटको तेस्रो घुम्तीमा ब्रेक फेल भई पल्टिन लागेको बसबाट हाम फाल्दा बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीया यमी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij