आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजसंस्थाको पुनरागमन सम्भव छ ?

  • प्रकाशित मिति : सोमवार, बैशाख ४, २०८०



  • काठमाडौं । “मुलुकको एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्बल हुँदै गएको” ठहर गर्दै राष्ट्रको अविभावकको नाताले “कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रह” बाट मुलुकलाई बचाउन राजाको अग्रसरता देखिन थालेको छ।

    गत चैत २० गते सुनसरीमा पुगेर राजाले “हामी र हाम्रो भन्न सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्छ” भन्ने सन्देश जनतालाई दिए। राजाको अग्रसरतालाई जनताले उत्साहका साथ हेरेका देखियो भने ‘प्रतिगमनले टाउको उठायो’ भन्ने नेताहरूले पनि प्रतिवाद गर्न सकेनन्। गत चैत २० गते सुनसरीमा पुगेर राजाले “हामी र हाम्रो भन्न सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्छ” भन्ने सन्देश जनतालाई दिए।

    समग्रमा, राजामा पलाएको यो हुटहुटीले असफल राष्ट्रको खाडलमा जाकिने संघारमा पुगेको मुलुकले कुनै त्राण पाउन सक्छ कि भन्ने आशा जगाएको देखियो। त्यसो हुँदाहुँदै पनि भ्रष्टाचारमा निर्लिप्त नेताहरू र स्यालको हुइयाँ जस्ता कार्यकर्ताबाट वाक्कदिक्क भएका जनतामा एउटा जबर्जस्त प्रश्न उठेको छ–के राजाको यो अग्रसरताले सही निकास पाउलारु

    अहिले देखिएको अवसरलाई नेपालीले कसरी उपयोग गर्लान् भन्ने अनुमान गर्न २००७ सालमा राजा र प्रजा मिलेर राणा शासन अन्त्य गरी ल्याएको प्रजातन्त्रको जगेर्ना कसरी गरियो भन्ने प्रवृत्तिगत विश्लेषण गर्नु प्रासांगिक हुन्छ। एकले अर्कोलाई निषेध गर्ने प्रवृत्तिले २०१७ साल निम्त्यायो। राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि मुलुकको समग्र विकासमा महत्वपूर्ण कामहरू नगरेका होइनन्।

    यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij