आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिसी क्यामेराले काम नगर्दा व्यवसायी समस्यामा

  • प्रकाशित मिति : सोमवार, बैशाख ४, २०८०



  • दाङ । दाङ तुलसीपुरको मुख्य बजारमा नयाँ सिसी क्यामेरा जडान गरिँदा समस्या देखिएको छ । रातको समयमा सडक बत्ती पनि नबल्ने र पुराना सिसी क्यामेराले पनि काम नगर्ने भए पछि विशेष गरी व्यवसायी मर्कामा पर्दै आएका छन् ।

    साविक राप्तीको व्यापारिक केन्द्रका रुपमा रहेको तुलसीपुरमै नयाँ सिसी क्यामेरा र सडक बत्ती नहुँदा घाम डुबेपछि पसल बन्द गर्नुपर्ने बाध्यता रहेको व्यवसायी घनश्याम डाँगीले बताए । “सिसी क्यामेरा छैनन्, बत्ती पनि छैनन्”, उनले भने, “त्यसले पसल सुरक्षित हुने अवस्था नभएपछि दिउँसै पसल बन्द गर्नुपर्ने अबस्था छ ।”

    व्यवसायी मात्रै होइन, रातिमा यात्रुलाई पनि समस्या हुने गरेको छ । बजारमै सिसी क्यामेरा नहुँदा चोरीका घटना पनि बढिरहेका छन् । सडक बत्ती नबल्दा व्यवसायी आफँैले राखेका सिसी क्यामेराले पनि काम गर्दैनन् । व्यवसायीले कर तिर्दै आएको भएयता सहज सेवा नपाएको गुनासो गर्दै आएका छन् ।

    तुलसीपुरका विभिन्न स्थानमा एक सय २५ वटा सौर्य बत्ती जडान गरिए पनि ती बत्तीले काम गर्न छाडेको वर्षौं भयो तर, पनि मर्मतका लागि चासो छैन । सडक बत्ती राख्दा रु एक करोड बढी खर्च भएको छ । सौर्य बत्ती वातावरणीय प्रदूषणलगायत विभिन्न कारणले बल्न छाडेको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले बताए ।

    ठेकेदार सम्पर्कमा नआउँदा सडक बत्ती मर्मत गर्न नसकिएको जनप्रतिनिधि बताउँछन् । तत्कालीन नगरपालिका हुँदा सौर्य बत्तीको सम्झौता भएको थियो । यसपछि नयाँ जनप्रतिनिधि आएर ठेकेदारलाई मर्मतका लागि बोलाए । पहिलो पटक ठेकेदार आए पनि त्यसपछि भने ठेकेदार सम्पर्कमै नआएको तुलसीपुर–५ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।

    सडक बत्ती र सिसी क्यामेरा नहुँदा शान्ति सुरक्षा कायम राख्न पनि समस्या पुगेको जनाइएको छ । पटक–पटक चोरी हुनेक्रम बढेको छ । अठार क्यामेरा र रातको समय खिच्न मिल्ने सिसी क्यामेराको माग गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij