आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डुम्रे-बेसीशहर सडकखण्ड आजदेखि दैनिक १२ घण्टा बन्द हुने

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ८, २०८०



  • लमजुङ। लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ।

    बेसीशहर नगरपालिका १ उदीपुरस्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु पर्ने भएकोले आजबाट एक महिनाको लागि दैनिक १२ घण्टा सडक बन्द हुने भएको हो।

    पहिरो रोकथाम तथा सडक निर्माण कार्य अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण कार्य गर्नु पर्ने भएकोले शुक्रवार देखि जेठको पहिलो सातासम्म उक्त सडक बन्द हुने भएको हो।

    यस अवधिमा यात्रुबहाक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डी प्रसादगण डाईभर्सन बाटो प्रयोगमा ल्याइने छ भने मालबबाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लागाइने छ।

    बर्षातको समयमा लामो समय अवरुद्ध बनेको सो सडकमा अस्थायी व्यवस्थापन गरी यातायात सञ्चालन गरेपनि विगत केही महिनादेखि सुख्खा पहिरो खस्दा यातायात प्रभावित भएको हो।

    सुख्खा पहिरोका कारण दैनिक जसो अवरुद्ध हुँदै आएको उदिपुर पहिरो पछिल्लो समय थप जोखिम भएको छ। पहिरोका कारण दैनिकजसो यातायात समेत अवरुद्ध हुने गरेको छ।

    बर्षातका बेला ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक यसअघि निर्वाचनका बेला अस्थायी व्यवस्थापन गरी यातायात सुचारु गरिएको थियो।

    निर्वाचन पछि पनि पुनः केहि दिन यातायात बन्द गरी थप व्यवस्थित बनाइएको थियो। हाल सवारी साधान आवात जावत गर्नका लागि सडक बनेपनि सुख्खा पहिरो खस्नेक्रम शुरु भएकोले दैनिक जसो यातायात अवरुद्ध हुँदै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij