शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ, घटनाबारे प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै

  • प्रकाशित मिति : शनिबार, बैशाख ९, २०८०



  • बिनिता शर्मा,दाङ । दाङमा श्रीमतीको हत्यापछि फरार रहेका श्रीमान पक्राउ परेको प्रहरीले जनाएको छ ।

    घोराही उपमहानगरपालिका वडा नम्बर -१२ रतनपुरमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीको हत्या आरोपमा उनका ४१ वर्षीय श्रीमान मेघराज पक्राउ परेका हुन्।

    मेघराजलाई शुक्रबार राति घोराही उपमहानगर-३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

    वैशाख १ गते राति साढे ९ बजे काठको चिरपटले हानेर शारदाको हत्या गरेको मेघराजले प्रहरीसमक्ष बताएका छन्। हत्यापछि डेढ घण्टा लगाएर शव खाल्डोमा पुरेको बताए।

    घटनाबारे प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी समेत गरेको एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

    गत स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भएपछि विजय जुलुसका लागि घरबाट हिँडेका मेघराज गत पुसमा मात्रै घर फर्किएका थिए।

    त्यसबीचमा शारदाले बेपत्ता भएका श्रीमान् खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिएकी थिइन्। प्रहरीले पनि उनको खोजी गर्दा फेला पारेको थिएन।

    घरपरिवारले मेघराजको सम्बन्ध परस्त्रीसँग रहेको आशंका गरेको थियो। सोही विषयमा मेघराज र शारदाबीच पटकपटक झगडा भएकाले हत्या उनैले गरेको हुनसक्ने प्रहरीको आशंका थियो।

    शारदाको माइती पक्षले पनि गत बुधबार मेघराज नै हत्यामा संलग्न भएको व्यहोरासहितको किटानी जाहेरी दिएका छन्।

    हत्या भएको दिन वैशाख १ गते शारदाकी छोरी र १५ वर्षीय कान्छा छोरा घोराहीको हेमन्तपुरस्थित मामाघर गएका थिए। जेठा छोरा भने रोजगारी सिलसिलामा भारत बस्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij