आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमान् हुँदाहुँदै परपुरुषसँग लिभिङ टुगेदर, पछि श्रीमानसँगै मिलेर हत्या

  • प्रकाशित मिति : शनिबार, बैशाख ९, २०८०



  • बारा । बारामा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको वीरगन्जका रामु भनिने कैलाश महतो र उनकी श्रीमती रोशनी भनिने हिरा देवीलाई पक्राउ गरेको हो ।

    उनीहरुले गत मंसिर २७ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजानगर टोलमा बस्ने सुरज भनिने महेश साहको हत्या गरेका थिए । हत्यापछि फरार भएका उनीहरुलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरुमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार घटनाअघि प्रतिवादी रोशनी र मृतक सुरज रोशनीको कोठामा लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

    यहीबीचमा सुरज र रोशनीबीच विवाह गर्ने कुरा भएको तर रोशनीको पहिला नै विवाह भएको थियो । यो कुरा थाहा पाएका सुरजका परिवारले बिहे अस्वीकार गरेका थिए । उनको पहिले बिहे भएका श्रीमानसँग राम्रो सम्बन्ध नभएको बताइएको छ ।

    यहीबीचमा मंसिर २७ गते राति रोशनी र सुरजलाई श्रीमान् कैलाश महतोले साथमा फेला परेका थिए । सो क्रममा सुरज र महेश साहबीच विवाद उत्पन्न हुँदा उनको हत्या भएको थियो । हत्यामा पहिले लिभिङ टुगेदरमै बस्दै आएपनि श्रीमानलाई रोशनीले पनि सघाएको खुलेको प्रहरीको भनाइ छ । हत्यापछि परालको भुषमा शव लुकाएर दुबै जना फरार भएका थिए ।

    उनीहरु भागेर भारतको बिहार, दिल्ली हुँदै केरला मलप्पुरम जिल्लासम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीलाई केरला प्रहरीसँग समन्वय गरी खोज तलास गरिरहेको बेला वैशाख ६ गते नेपाल र भारतको सिमाना नजिकबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij