आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

किमाथाङ्का नाका बन्द भएपछि खाद्यान्न अभाव

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १२, २०८०



  • काठमाडाैं । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।

    भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । उत्पादित खाद्यान्नले अधिकांश स्थानीयवासीलाई तीन महिना मात्र खान पुग्ने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथाङ्का नाका करिब एक सय ६२ किलोमिटर टाढा पर्दछ । किमाथाङ्काका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरी खानेलाई मर्का परेको छ । करिब छ हजारको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन । किमाथाङ्का, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि चामललगायत दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो ।

    ९१ घर परिवारलाई राहत वितरण
    खाद्यान्न अभाव भएपछि कोशी प्रदेश सरकार र विभिन्न सङ्घ संस्थाको सहयोगमा वडा नम्बर १ र २ का ९१ परिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष भोटेले बताउनुभयो । खाद्यान्न अभाव भएका थुदाम, रिदाक र छुमुसुरका ९१ घर परिवारलाई राहत वितरण गरिएको उहाँको भनाइ छ ।

    कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रलयबाट ९० क्विन्टल चामल प्राप्त भएको थियो । हाइ हिमालयन एक्सपिपडिसन प्राइभेट लिमिटेडका मेनेजिङ डाइरेक्टर ज्याम्याङ सालाका भोटेले रु एक लाख २० हजार, द इस्ट फाउण्डेशन संस्थाबाट रु २० हजार र नेल्होस नेपाल संस्थाबाट रु ३० हजार सहयोग प्राप्त भएको अध्यक्ष भोटेले बताउनुभयो ।

    पालिका अध्यक्ष भोटेले उक्त क्षेत्रमा उत्पन्न भएको खाद्यान्न सङ्कट समाधान गर्न थप राहतका लागि जिल्ला विपत् व्यवस्थापन समितिको सिफारिससहित पाँच सय क्विन्टल चामल कोशी प्रदेश सरकारसँग माग गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडमा पु¥याइने खाद्यान्न सामग्री अचाक्ली महँगो भएको छ ।  

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij