आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

  • प्रकाशित मिति : बुधबार, बैशाख १३, २०८०



  • बारा। बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा)का उपेन्द्र यादव विजयी भएका छन्। यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दै विजयी भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

    उनका निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरे। यादवले कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गरेका हुन्।

    त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरे।

    बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो। यसअघि बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij