आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपत्यका प्रहरी र बूढानीलकण्ठ नगरपालिकाबीच सिसीटिभी जडान सम्झौता

  • प्रकाशित मिति : बुधबार, बैशाख १३, २०८०



  • सागर ओली, काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाबीच नगर क्षेत्रभित्र सहरी सुव्यवस्थापनका लागि सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

    आज बूढानीलकण्ड नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकातर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त समझदारी–पत्रमा हस्ताक्षर गरेका छन्।

    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले सिसीटिभी जडानले घटित अपराधको छिटो, छरितो अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दुर्घटना, छुटेका सामानको पहिचानलगायत विभिन्न आपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताए।

    आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उनले उल्लेख गरे।

    सो कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख अधिकारीले सिसीटिभी जडानले विभिन्न विकृतिका कार्यको पहिचान गर्न एवं नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताए। उनले आगामी लिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए।

    बूढानीलकण्ठ नगरपालिकाको क्षेत्रभित्र सिसीटिभी जडानका लागि पाँच करोडको बोलपत्र आह्वान गरिने जनाइएको छ। चालु आवमा रु दुई करोड ५० लाख विनियोजित रकम पेश्कीबापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौताबमोजिम हुने बाँकी रकम आगामी आवमा गरिने जनाइएको छ।

    सिसीटिभी जडान गरिने विभिन्न स्थान दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने सङ्ख्या निर्धारण गरिनेसमेत सम्झौतापत्रमा उल्लेख गरिएको छ। कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका पदाधिकारी एवं वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij