प्रकाशित मिति : बुधबार, बैशाख १३, २०८०
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij