आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नवाजुद्दीन सिद्दीकी विरुद्ध प्रहरीमा उजुरी दर्ता

  • प्रकाशित मिति : बिहिबार, बैशाख १४, २०८०



  • एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी र एक अन्तर्राष्ट्रिय पेय पदार्थ उत्पादक कम्पनीविरुद्ध विज्ञापनको विषयलाई लिएर प्रहरीमा उजुरी दर्ता भएको छ ।

    प्रहरीका अनुसार उजुरीमा सिद्दीकीको नयाँ विज्ञापनले बंगाली समुदायका मानिसहरुलाई खिल्ली उडाएको उल्लेख गरिएको छ । जसले बंगाली समुदायका मानिसको भावनामा चोट पुर्‍याएको बताइएको छ ।

    उजुरीमा, कलकत्ता उच्च अदालतका वकिल दिब्यान बनर्जीले सिद्दीकी र एक अन्तर्राष्ट्रिय पेय कम्पनी (सफ्ट ड्रिंक) विरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । अहिले मानिसहरुको गुनासो र व्यापक विरोध पछि, कम्पनीले सबै प्लेटफर्मबाट विज्ञापन हटाएको छ ।

    विज्ञापनको भिडियोमा सिद्दीकी बंगाली भाषामा एउटा जोक गरेर हासेका छन् । त्यसमा ‘बंगालीलाई सजिलै केही नपाउँदा ऊ भोकै सुत्छ’ र ‘सिधा औलाले ध्यू आएन भने औंला बङ्गाउनु पर्छ’ भन्ने संवादलाई लिएर विवाद चर्किएको हो ।

    वकिल दिव्यानले हिन्दी भाषमा यो विज्ञापन आपत्तिजनक नभएकोले आफूलाई कुनै समस्या नभएको तर विज्ञापनको बंगाली भाषामा भने नराम्रो अर्थ लाग्ने बताएका छन् ।

    उनले यस विज्ञापनलाई धारा ६६A र आईपीसीको धारा १५३A अन्तर्गत मुद्दा लाग्ने बताएका छन् । दिव्यानले आगामी दिनमा यस्ता सानातिना गतिविधिलाई प्रोत्साहन गर्न नहुने भन्दै उजुरी दिएका हुन् ।

    प्रहरीमा उजुरी र व्यापक विरोध भएपछि उक्त विज्ञापन टिभी र सामाजिक सञ्जालबाट हटाउनुपरेको थियो । ट्विटरमार्फत पेय पदार्थ कम्पनीले बंगाली नागरिकहरुसँग माफी समेत मागेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij