आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, बैशाख १४, २०८०



  • बिनिता शर्मा,काठमडौँ ।पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउगरेको हो ।

    पक्राउ पर्नेहरूमा कैलाली टिकापुर नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका टिकाथली बस्ने ४० वर्षीय कृतक बहादुर साउँद, गोरखा घ्यालचोक गाउँपालिका-८ घर भई ललितपुर गोदावरी नगरपालिका-१४ ठैब बस्ने ५१ वर्षीय दुर्गा बहादुर रेग्मी र सोही ठाउँ बस्ने ४५ वर्षीया कमला रेग्मी रहेका छन् ।

    कृतक बहादुरले वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित कम्पनीमा २ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- ९ सिनामंगलबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।

    यसैगरी दुर्गा बहादुर र कमलाले पोर्चुगल पठाई प्रतिष्ठित होटलमा २ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा २१ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
    मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर गोदावारी ठैबबाट बिहीबार पक्राउ गरेको हो ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागबुद्धनगर काठमाडौंमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij