आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोभिड–१९ संकटकाल अन्त्य

  • प्रकाशित मिति : शनिबार, बैशाख २३, २०८०



  • काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको छ ।

    संगठनले पत्रकार सम्मेलन गर्दै कोभिडको विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गरेको हो । संगठनको आपत्कालीन समितिको १५ औँ बैठकले जनस्वास्थ्य संकटकाल अन्त्यको घोषणा गर्न सिफारिस गरेको थियो ।

    संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले समितिको उक्त सल्लाहलाई स्वीकार गरेको बताउनुभएको छ । संकटकाल घोषणाको तीन वर्षपछि कोरोना महामारी अन्त्य भएको हो ।

    स्वास्थ्य मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलले विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको जानकारी पाएको बताउनुभयो । संगठनका अनुसार अब कोभिड–१९ ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’को प्रतिनिधित्व गर्दैन ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij