आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सलमान र शाहरुखको एक्सन सुटका लागि ३५ करोड

  • प्रकाशित मिति : आइतवार, बैशाख २४, २०८०



  • एजेन्सी । भारतीय अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ मा सलमान र शाहरुखको एक्सन सुटका लागि ३५ करोडको भारतीय रुपैयाँको सेट तयार गरिएको छ ।

    ‘पठान’ पछि अब ‘टाइगर ३’ मा दुवै एकसाथ देखिने भएका छन् । अब यो फिल्ममा सलमान र शाहरुखको ठूलो बजेटको एक्सन सिक्वेन्स रहने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    फिल्मका निर्माता आदित्य चोपडा यी दुई स्टारको पर्दामा उपस्थितिलाई पूर्णरुपमा सदुपयोग गर्न चाहन्छन् । ‘पठान’ को उत्कृष्ट सफलतापछि अब दर्शकले ‘टाइगर ३’ मा पनि धेरै मनोरञ्जन लिन सकुन भन्ने निर्माताको चाहाना छ ।

    यसअघि दुवै खानले करिब सात दिन सँगै सुटिङ गरेका छन् । फिल्म १० नोभेम्बर २०२३ मा दिवालीको अवसरमा रिलिज हुनेछ। फिल्ममा सलमानसँगै कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा देखिनेछन् ।

    यो फिल्म यशराज स्पाई युनिभर्सको हिस्सा हुनेछ । फिल्मको कुल बजेट २ सय २५ करोड भारतीय रुपैयाँ बराबरको हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij