प्रकाशित मिति : सोमवार, बैशाख २५, २०८०
काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बन्नु भएको छ ।
सांसद सिंहले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गर्नुभएको थियो । तर सभामुख घिमिरेले सांसद सिंहलाई समय नदिएपछि त्यसको बिरोधमा उहाँले गञ्जी र सर्ट फुकालेर बिरोध जनाउनु भयो ।
सांसद सिंह संसद बैठकमै अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गर्नुभएको थियो । सभामुख घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्नुभयो भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गर्नुभयो । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो ।
यससँगै सभामुखले शुन्य समयको कार्यक्रम प्रारम्भ गर्नुभयो । सिंह सर्लाहीबाट निर्वाचित सांसद हुनुहुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij