आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाँकेमा बस र कार ठोक्किँदा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १७, २०८०



  • बाँकेमा यात्रुवाहक बस र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज पोष्टको मुगवा खोलाको सडकमा सवारी दुर्घटना भएको हो ।

    पश्चिमबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार मंगलबार ठोक्किँदा कारमा सवार दुई जनको मृत्यु भएको हो ।

    दुर्घटनामा कार चालक गोरखा जिल्लाका ३७ वर्षीय शुभाष अधिकारी र बुटवलकी ५४ वर्षीया सन्जु खाती खड्काको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँकेका प्रमुख तिलक सुनारले बताए । मृतक खड्का प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक हुन् ।

    दुर्घटनापछि बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बसमा सवार ६ जनाको भने मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij