प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०८०
बिनिता शर्मा,काठमाडौ ।प्रहरीले महोत्तरीमा ठूलो परीमाणमा अबैध काठ बरामद गरेको छ।
महोत्तरी जिल्लाको बर्दिबास नगर पालिका वडा नम्बर ५ मा रहेको पुर्ब पश्चिम् लोकमार्गमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले पश्चिम् तर्फबाट आउँदै गरेको ना ६ ख ६६६४,ना ६ ख ६२७२ नम्बरका ट्रकमा चेक गर्दा ना ६ ख ६६६४ नम्बरको ट्रकमा ६२ गोलिया सालको काठ र ना ६ ख ६२७२ नम्बरको ट्रकमा ५९ गोलिया सालको काठ अबैध भएको फेला पारेको र यो काठ र सवारी साधन ईलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको दुबै चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।
दुईवटा गाडीमा रहेकोे अबैध काठ १५३३ क्युफिट रहेकोे,काठको मुल्य अन्दाजी २५ लाख ५२ हजार ४ सय ४५ रहेकोे छ, भने गाडीको मुल्य अन्दाजी ६० लाख रहेकोे छ।बरामद गरिएको सम्पुर्ण सामान र सवारी साधन र चालक हरुलाई आबस्यक कार्बाहिका लागि सब डीभिजन बन कार्यालय गडन्ता महोत्तरीमा बुझाईएको मधेस प्रदेश कार्यालय जनकपुरले जानकारी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij