शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अवैध लागूऔषधसहित ४ जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०८०



  • सागर ओली,काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

    मकवानपुर, गढी गाउँपालिका-२ ठुलोदमारबाट अवैध लागूऔषध गाँजा करिब ९ सय २० ग्रामसहित हेटौंडा उपमहानगरपालिका-१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री
    खड्कासमेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना.६३ प ६५८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

    पर्सा, छिपहरमाई गाउँपालिका-५ ब्रहम चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित २ जनालाई सोमबार
    दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीय दुर्गाराज खत्री र पर्सा धोबिनी गाउँपालिका-४ लंगडी बस्ने ४५ वर्षीय नुरेश मियाँ तेली रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरीले बगमती प्रदेश-०३-००१ ख १८१० नम्बरको बस ४ जना जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी बसका चालक दुर्गाराज र सहचालक नुरेश मियाँलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्र्हरी प्रधान कार्यालय नक्सालाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij