प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०८०
बिनिता शर्मा काठमाडौँ । सशस्त्र प्रहरीले १५ लाख भन्दा बढीको जुत्ता र गाडी नियन्त्रणमा लिएको छ ।
धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका २० स्थित देवपुरा रपैठा ईलाकाबाट आज सशस्त्र प्रहरीले १५ लाख ५४ हजार रुपैयाँ बराबरको चोरपैठारीको जुत्तासहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
ज १ च १०७७ नम्बरको गाडीमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको जुत्तासहितको गाडी नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
गाडी लिएर आउँदै गरेका व्यक्तिले गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै गाडी सोही ठाउँमा छाडी भागेका थिए ।
नियन्त्रणमा लिइएको जुत्ता तथा गाडी भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij