शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पत्नीको स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डले १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ गरे दान

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०८०



  • काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् ।

    शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगेका हुन् । उनले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ ।

    विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल पनि उपस्थित थिए । भारतीय अधिकारीहरूका अनुसार मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट विशेष पूजा गराएका हुन् ।

    महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०० रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij