शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुनकोशी नदीमा खसेर वेपत्ता गाडी र दुईको शव गोताखोरले भेटाए

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २४, २०८०



  • बिनिता शर्मा,काठमाडौँ ।सुनकोशी नदीमा खसेर वेपत्ता गाडी र दुईको शव गोताखोरले भेटाएको छ ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर वेपत्ता सीटीईभीटीका कर्मचारी चढेकोे गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोरले मंगलबार फेला पारेको छ । एक जना भने अझै वेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोरले गाडी भेटाएर नदीबाट बाहिर निकालेका हुन ।

    आज भेटिएकाहरुमा शव तनहुँ जिल्लाको भानु नगरपालिका ९ बस्ने सीटीईभीटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण के.सी. र इलाम जिल्लाको सूर्योदय नगरपालिका ५ बस्ने ३२ वर्षीय विद्युत प्रशिक्षक भानु पौडेलको हो। पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका ७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै वेपत्ता छन् ।

    सो दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामंगल काठमाडौं र उक्त तालिम शिक्षालयबाट गोताखोर टोली खोजीकार्यको लागि खटिएको थियो ।

    प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ (इम्बोस्ड नम्बर बीएबी ७४६७) को स्कार्पियो गाडी जेठ १९ गते शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी–खुर्कोट सडकखण्ड अन्तर्गत सो ठाउँमा सुनकोशी नदीमा खसेको थियो ।

    दुर्घटना पश्चात गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैं पौडिएर नदीबाट बाहिर निस्कन सफल भएको सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij