शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुनसरी जिल्लाको सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २५, २०८०



  • बिनिता शर्मा,काठमाडौँ ।सुनसरी जिल्लाको सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन गरिएको छ ।

    कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहित सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल, राष्ट्रिय अनुसन्धान निर्देशक कृष्ण प्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकाल लगायत सुरक्षा निकायका प्रमुखहरुले सुनसरी जिल्लाको सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।

    निरीक्षण तथा अनुगमनको क्रममा सुरक्षा निकायका प्रमुखहरुले सिमावर्ती इलाकाहरुमा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुका साथै अन्तरक्रिया समेत गर्नु भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा सिमावर्ती एरिया इलाकामा परिचालित सुरक्षाकर्मीहरुबाट उठेका प्रश्नहरुका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रदेश प्रमुखज्यूहरुद्वारा आफ्नो धारणा राख्नुका साथै सीमा नाकाबाट हुने गैर कानूनी कृयाकलाप रोक्न सबैले आपसी समन्वय र सहकार्य गरी एउटै टिमको रुपमा प्रस्तुत भई कडाईका साथ कार्यान्वयन गर्न समेत निर्देशन दिनु भएको थियो ।

    सशस्त्र प्रहरी सिमा सुरक्षा बल कप्तानगंजमा भएको निर्देशन तथा अन्तरक्रिया कार्यक्रममा सुनसरीको अमडुब्बा, सितागंज, साहेवगंज, देवानगंज, राजगंज सिनवारी, चिमडी एरियामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका युनिट ईन्चार्जहरु सहभागी रहेका थिए भने सिमा सुरक्षा बेस उल्टी सुनसरीमा भएको निर्देशन तथा अन्तरक्रिया कार्यक्रममा भाण्टावारी, लौकही,नरसिंहटप्पु, भुटाहा, हरिनगरा एरियामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका युनिट ईन्चार्जहरु सहभागी रहेका थिए ।

    साथै सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमनको क्रममा उक्त एरियामा रहेका भारतिय सुरक्षा निकायका पदाधिकारीहरुसंग समेत संक्षिप्त अन्तरक्रिया समेत भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर राणीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij