आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वरदान बन्दै कृत्रिम आँखा, दैनिक १० जनाले राख्छन् कृत्रिम आँखा

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६, २०८०



  • काठमाडौं । झुलुक्क हेर्दा प्राकृतिकजस्तो देखि कृत्रिम आँखाले मानिसको सौन्दर्य बचाउने काम गर्छ । विभिन्न कारणले आँखाको ज्योति गुमाएका र फेरि ज्योतिको सम्भावना नभएकाहरुले यो सेवा लिने गरेका छन् ।

    आँखा गुमाएकाहरूका लागि पहिलेको आँखा जस्तै कृत्रिम आँखा राख्ने पद्धति नेपाल आँखा प्रतिष्ठान तिलगंगाले १२ वर्ष अघिदेखि गर्दै आएको छ । कृत्रिम आँखाले दृष्टि नदिने भए पनि यसले अनुहारमा पहिलेको आँखा भएजस्तै शोभा भने दिने गर्छ ।
    प्रतिष्ठानका अनुसार हालसम्म २ हजार बढीले कृत्रिम आँखा राखेका छन् । दृष्टि गुमेसँगै जसको आँखा निकालिएको हुन्छ, ती व्यक्तिलाई कृत्रिम वा नक्कली आँखा राख्ने काम हुँदै आएको छ । कतिपय सन्दर्भमा आँखा सुकेको अवस्थामा पनि कृत्रिम आँखा राख्ने काम हुने गरेको छ । कृत्रिम आँखा एक्रोलिक भन्ने कच्चा पदार्थबाट बनेको हुन्छ । यो पाउडर अवस्थामा आउँछ । यो आँखा ५ देखि १० वर्षसम्म प्रयोग गर्न मिल्छ । कृत्रिम आँखा बनाएर लगाएपछि बेला बेलामा बिरामीले ६/ ६ महिनामा अकुलरिष्टलाई देखाएर आँखामा पोलिसिङ गर्ने काम गर्नुपर्छ ।
    प्रतिष्ठानबाट दिइने आँखा २ प्रकारका छन् । एउटा तयारी अवस्थामा विदेशबाट ल्याइएका कृत्रिम आँखा हुन्छ, जसको मूल्य अलि सस्तो पर्छ । विभिन्न साइजमा आउने तयारी अवस्थाका आँखा कुन बिरामीका लागि ठिक हुन्छ, साइज अनुसार जाँच गरेर लगाएर पठाइन्छ । अर्काे अस्पताल आफैंले बनाउने आँखाको मूल्य भने बढी छ । शल्यक्रिया गरि निकालिएका आँखा सुक्दै गएको आँखाको ठाउँको नाप जाँच गरी त्यसको बनावट, चल्ने अर्को आँखासंग मिल्ने गरी रंग गर्ने र त्यसलाई निश्चित आकार दिएपछि नक्कली आँखा प्रत्यारोपणका लागि तयार हुन्छ । प्रतिष्ठानकी अकुलरिष्ट बिनिता गौतमका अनुसार अहिले कृत्रिम आँखाको माग बढ्दै गएको छ । आर्थिक रुपमा कमजोर र समय कम हुनेहरुले कृत्रिम आँखा हाल्ने गरेका छन् ।
    अकुलरिष्ट गौतमकाअनुसार विरामीको आँखा निकालिसकेपछि जुन खाल्डो पर्ने हुन्छ, त्यसको नाप लिएर आँखा बनाइन्छ । बिरामीको अर्को आँखा हेरेर त्यसको रङ्ग मिलाउने काम गरिन्छ । आँखाको सकेट अनुसार नापेर बनाइने हुँदा यहीँ बनाएको कृत्रिम आँखा राम्रोसँग फिट हुने हुन्छ । तिलगंगामा हरेक दिन ७ देखि १० जना मानिस कृत्रिम आँखा राख्न आउने गरेका छन् । यस्तै बिरामीको आँखामा नापेर दैनिक एउटा कृत्रिम आँखा तयार गर्ने गरिएको छ । कृत्रिम आँखा हाल्न आउनेहरूमा धेरैजसो चोटका कारण आँखा गुमाउनेहरू छन् । नक्कली आँखा बनाउन सबै कच्चा सामग्री भारतबाट ल्याइन्छ । तयारी आँखा अर्को आँखसँग मेल नखाने भएकाले महँगै भएपनि अधिकांश यहीँ निर्मित कृत्रिम आँखा उपयोग गर्न रुचाउँछन् । कृत्रिम आँखा बनाउन प्रयोग हुने कच्चा पदार्थ उत्पादनका लागि प्रतिष्ठान प्रक्रियामा रहेको र जसले गर्दा आउँदा दिनहरुमा कृत्रिम आँखा जडान गर्न अझ सहज हुने अकुलरिष्ठ गौतम बताउनु हुन्छ ।

    यस्तो कृत्रिम आँखा राख्दा प्रतिकूल असरहरू देखा नपर्ने चिकित्सकहरुको भनाइ छ । तर बेलाबेलामा स्वास्थ्य जाँच भने गर्नुपर्ने हुन्छ । कृत्रिम आँखा फिट गरेर पठाइसकेपछि त्यसको सफाइ र प्रयोग कसरी गर्ने भन्ने बारेमा उनीहरूलाई जानकारी दिएर पठाउने गरिएको छ । आँखा गुमाएका व्यक्तिले कृत्रिम आँखा राखेपछि आफ्नो पहिलेको सौन्दर्य पाउने र अर्कोतिर आत्मसम्मान पाउने भएकाले यो प्रविधि लोकप्रिय बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij