प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०८०
तिर्थराज ज्ञवाली,दाङ/राप्ती गाउँपालिकामा नेपाली काग्रेस दाङको वार्षिक कार्ययोजना अभिमुखीकरण भएको छ ।
वर्ष भरि गरिएका क्रियाकलाप तथा आगामी योजना सहितको वार्षिक कार्ययोजनाबारे स्थानिय नेता कार्यकर्तालाई अभिमुखीकरण गरिएको हो ।
नेपाली काग्रेसको गतिविधी र नागरिकमा परेको प्रभावलाई मध्यनजर गर्दै आगामी योजना सहितको वार्षिक कार्ययोजना प्रस्तुत गरिएको छ ।

पालिका सभापति विद्याशरण चौधरीको अध्यक्षता तथा जिल्ला सचिव बालीका लम्सालको प्रमुख आथित्यतामा भएको वार्षिक कार्ययोजना अभिमुखीकरणमा विशिष्ट अतिथि लुम्विनी प्रदेश सदस्य देवनारायण चौधरी, जिल्ला सह सचिव राजु आचार्य, महाधिबेशन प्रतिनिधि हरि भुसाल, प्रदेश १ क सभापति श्रीपत चौधरी, जिल्ला सदस्य लाल महोम्मद मिया, महेन्द्र केसि, जगदम्वा कुमारी चौधरी, उमेश अधिकारी, स्यामलाल पोख्रेल, माबुल अहमद, टिका बहादुर पुन, वडा सभापतिहरु लगायतकाले आगामी दिनमा गरिनुपर्ने विषय र समसामयिक विषयमा आफ्ना विचार ब्यक्त गर्नु भएको थियो ।
नेपाली काग्रेस दाङको वार्षिक कार्ययोजनाबारे जानकारी दिदै जिल्ला सचिव बालीका लम्सालले उठेका प्रश्नको जवाफ समेत दिनु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij