आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २८, २०८०



  • काठमाडौं । कालीकोटमा शनिबार राती जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।​

    शुभकालीका गाउँपालिका–६ को गविरामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

    बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट शुभकालीका जाँदै गरेको लु१च८४९८ नम्बरको जीप दुर्घटनामा परेको कालीकोट जिल्ला प्रहरी जनाएको छ ।

    जीपमा तीन जना सवार रहेकोमा तीनै जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेहरुमा जीपका चालक शुभकालीका वडा नम्बर २ का ३० वर्षीय हर्क विश्वकर्मा, वडा नम्बर ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले वडा नम्बर ३ का २५ वर्षीय गोपाल सलामी मगर रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij