शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ३०, २०८०



  • म्याग्दी। म्याग्दीको मंगला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ। मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो। तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मंगलाका प्राविधिक नगेन्द्र सापकोटाले बताए।

    “म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट पानी तानेर ६५ मिटरमाथि पोकफाँटको सिरानमा पुर्याइएको छ”, उनले भने, “नहरबाट कृषकको खेतबारीमा पानी लगेर सिँचाइ गर्न सकिन्छ।” लिफ्ट सिँचाइ आयोजनाको सोमबार परीक्षण सफल भएको प्राविधिक उनले बताए।

    पोक म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिन्छ। लिफ्ट सिँचाइ आयोजनाबाट पोकको ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष मनप्रसाद बुढाथोकीले बताए। बाउन्न घरधुरी कृषक लाभान्वित भएका छन्। हिउँदयाममा सिँचाइ अभावमा कृषकलाई खेतीबाली लगाउन समस्या परेपछि लिफ्ट प्रविधिको विकल्प अपनाइएको हो।

    बर्खायाममा मूल फुट्ने र खोल्सामा पानी आउने हुँदा सिँचाइको समस्या हुँदैन। खडेरी र हिउँदयाममा सिँचाइ अभावमा बाली सुक्ने समस्या छ। पानीको अभावमा धानको ब्याड राख्न नपाएका र खेतको मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने पोकका कृषकको अपेक्षा छ। सिँचाइ भएपछि जमिन बाँझो राख्नुपर्ने समस्या हटेर बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने भएको छ।

    लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रु १० लाख बजेट विनियोजन गरेको थियो। पम्प, पाइप खरिद र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी नयाँ ट्रान्सफर्मर राखेर विद्युत्को व्यवस्था मिलाइएको छ।

    म्याग्दी नदी किनारमा आवश्यक परेको समयमा पाइप राखेर पानी तान्न मिल्ने संरचना बनाइएको थियो। आगामी वर्ष म्याग्दी नदीबाट तानेको पानी संकलन गर्ने पोखरी बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ। – रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij