शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

इप्पान अध्यक्षमा मल्लको उम्मेदवारी खारेज, कार्की निर्विरोध निर्वाचित हुने

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३२, २०८०



  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को अध्यक्ष पदमा दावेदारी पेश गरेका किरण मल्लको उम्मेदवारी खारेज भएको छ । संस्थाको स्वीकृत विधानअनुसार उम्मेदवारका लागि अयोग्य रहेको भन्दै निर्वाचन समितिले ७ जनाको उम्मेदवारी खारेज गरेको छ । जसमा सबै मल्ल प्यानलकै छन् । योसँगै अध्यक्षमा गणेश कार्की निर्विरोध हुने देखिएको छ

    निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामवाली प्रकाशन गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पनि खारेज गरेको छ । विधानअनुसार उनी वरिष्ठ उपाध्यक्ष बन्न योग्य नरहेको समितिको ठहर छ । अब वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगी पनि निर्विरोध हुनेछन् ।

    दाबी विरोधका लागि सार्वजनिक भएको अन्तिम नामावलीमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारमा कार्की र डाँगीको मात्र नाम छ ।

    उपाध्यक्षमा २ जनाको उम्मेदवारी खारेज भएको छ । ५ जना उपाध्यक्ष चुन्नुपर्नेमा भरतबहादुर खत्री, उत्तम भ्लोन, रामप्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरीको नाम अन्तिम नामावलीमा प्रकाशित भएको छ ।

    महासचिवमा पनि एक जनाको उम्मेदवारी खारेज हुँदा बलराम खतिवडा निर्विरोध हुने देखिएको छ । उपमहासचिव पदमा प्रकाशचन्द्र दुलाल मात्रै उम्मेदवार छन् ।

    अन्तिम नामावलीअनुसार दावी विरोध लागेर त्यसको पुष्टि नभए कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्विरोध निर्वाचित हुनेछन् । सचिव पदमा पनि एक जनाको उम्मेदवारी खारेज हुँदा ५ जना सचिवका लागि ५ जनाकै नाम अन्तिम नामावलीमा आएको छ । भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल कँडेल, विक्रम विष्ट र हिम प्रसाद पाठकको नाम अन्तिम नामावलीमा छ ।

    महिला सदस्यतर्फ ३ जना निवाचित हुनुपर्नेमा ३ जनाको मात्रै निमावली प्रकाशन भएको छ । ईशा श्रेष्ठ, सुसन कर्मचार्य र सुमनकुमारी जोशी महिला सदस्य बन्ने भएका छन् ।

    खुला सदस्य पदमा भने ७ जना निर्वाचित हुनुपर्नेमा १४ जना प्रतिस्पर्धामा छन् । बिहीबार खुला सदस्य पदमा लागि मात्रै निर्वाचन हुने निर्वाचन समितिका संयोजक चिरञ्जीवी खतिवडाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij